विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् ।
भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया