हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले आफूहरु नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताएका हुन् ।
नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेको जानकारी दिए । मन्त्री पाण्डेले यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै कार्ययोजना बनाउने काममा लागिरहेको धारणा राखे ।
उनले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउनका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेको समेत जानकारी दिए । हवाई टिकट महँगो भयो भन्ने व्यापक गुनासोका सन्दर्भमा त्यसलाई घटाउन निरन्तर पहल भरहेको उनले बताए ।
उनले नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना देखिएको बताए । मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी दिए ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

प्रतिक्रिया