निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक प्रकरणको छानबिनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले निजामती विधेयकमा कुलिङ पिरियडका बिषयमा भएको छेडखानीको छानबिनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
समितिको सचिवालय, संघीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय भएको उनले बताए । सभापति खतिवडाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाए । उनले छानबिनका क्रममा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए ।
बैठकमा समिति सदस्यहरुले कुलिङ पिरियड प्रकरणमा समिति सभापतिले नैतिक रुपमा मार्गप्रशस्त गर्नुपर्ने भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।
सांसद पदम गिरीले गम्भीर प्रकारको घटना घटेको भन्दै फरक प्रतिवेदनमा सभापति र समिति सचिवको हस्ताक्षर भएकाले जिम्मेवारी लिनुपर्ने बताए । यस बिषयमा छानविनका लागि सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनले बताए ।
त्यस्तै सांसद ह्दयराम थामीले ठूला व्यक्तिको प्रभाव र दवावले निजामती विधेयकमाथि छेडखानी गरिएको बताए । यस विषयमा छानबिन समिति नबनेसम्म समितिको बैठक बस्न नसक्ने उनले त्यस्तै माओवादी सांसद हितराज पाण्डेले कुलिङ पिरियडका बिषयमा समिति सभापतिदेखि सवैमाथि छानविन हुनुपर्ने बताए ।
बैठकमा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भने छलफलबाटै मूल विधेयकमा रहेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन बनाएको धारणा राखेका थिए । कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा प्रयाप्त छलफल हुन नपाएको बताए । उनले भाषिक हिसावले केहि त्रुटि भएको उल्लेख गरे।
त्यस्तै समितिका सचिव सुरजकुमार दुराले प्रयाप्त छलफलबाटै प्रतिवेदनमा उल्लेख बिषयलाइ समावेश गरिएको दावी गरे । समितिमा भएको छलफलको पूर्ण प्रमाण आफूसँग रहेको उनले दाबी गरे ।
दुराले छलफलपछि नै विधेयकलाई अघि बढाइएको धारणा राखेपछि सांसदहरुले आपत्ति जनाएका थिए । सचिव दुराले समितिको अन्तिम प्रतिवेदन आफूले समिति सभापति र सामान्य प्रशासन मन्त्रीलाई समेत पठाएको जिकिर गरेका थिए ।। यस बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसंग समेत छलफल हुने समितिले जनाएको छ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

प्रतिक्रिया