बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छिन् । उनको सचिवालयबाट  गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त  हुनभएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।