बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ