सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

मोगादिशु- सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।
उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायीत्व स्थापनार्थ मिशन’ अन्तर्गत सञ्चालनमा रहेको थियो ।
युगान्डाबाट खटिएको सैनिक टोलीद्वारा सञ्चालन गरिएको सो हेलिकोप्टर बिहान करिब साढे सात बजे मोगादिशुको अदन अब्दुले हवाइ मैदानमा आकस्मिक रूपमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । हेलिकोप्टर बालेडोग्ले सैनिक हवाई आधारशिविरबाट उडेको थियो ।
मिशनले जारी गरेको विवरण अनुसार, सो हेलिकोप्टरमा आठ जना सवार थिए, जसमध्ये तीन जनालाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएको छ । उनीहरूको अवस्थाबारे थप जानकारी दिइएको छैन ।
बाँकी यात्रु तथा चालक दलका सदस्यहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
प्रहरी अधिकृत अब्दी अलीले भने,“दुर्घटनास्थलबाट केही व्यक्तिहरूलाई निकालिएको थियो, तिनीहरूलाई बोकेर लैजाँदै गर्दा तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।”
प्रत्यक्षदर्शी मोहम्मद यारेले भने,“मैले केही मानिसको ज्यान गएको देखेँ, तर कति जना थिए भन्ने यकिन गर्न सकिनँ ।” (एएफपी)

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_GW1Qh9Ul6M_rdszxwh3fum3gh6fxa8yhteivb7plhji3on28jbeusgcfqezgbmknfpsfwgw.jpg)
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

प्रतिक्रिया