एडीबीको ऋण चाहिन्न ,खोलाखोल्सीकै पानीले गुजारा गरौँला: मेयर साम्पाङ्ग

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले एशियाली विकास बैंकको ऋण नस्वीकार्ने बताएका छन् । मेयर साम्पाङले खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै उनले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा धरानको खानेपानीका लागि सरकारले ४ करोड रुपैयाँ मात्र विनियोजन गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।
सप्तकोसीबाट धरानमा पानी ल्याउने दीर्घकालीन योजनाका लागि मन्त्रालयमा पटकपटक धाएको स्मरण गराउँदै मेयर साम्पाङले बाँकी खर्चको रकम एशियाली विकास बैंक (एडीबी) जस्ता दातृ निकायबाट ऋण लिने तयारी भएको जानकारी पाएको बताए । उनले पत्रमा लेखेका छन्, ‘देशलाई विदेशी ऋणको भारी बोकाएर योजना अघि बढाउनु उचित हुँदैन ।’
उनका अनुसार, धरान उपमहानगरपालिकाले अघिल्लो योजनाका क्रममा लिएको बमोजिमको ऋण अझै तिर्न बाँकी छ । यस्तो अवस्थामा फेरि नयाँ ऋण लिने सन्देश आएकोमा उनले आपत्ति जनाएका छन् ।

ग्रामिण कृषिमा बढ्दो आकर्षणले उकासिदै छ क्षेत्रिय अर्थतन्त्र
श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

डेटिङ् एप क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

'मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्नू'

फलामे खोरमा डेढ वर्षदेखि जीवनका खुसी खोज्दै ११ वर्षे बालक

ङुइला नाका तीन महिनाका लागि खुला

'कुलिङ पिरियड' प्रकरण कमजोरी होइन, सुनियोजित अपराध हो : नारायणकाजी

प्रतिक्रिया