मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

ओलीलाई भष्मासुर भन्दै बाबुरामले भने : देशलाई अँध्यारो सुरुङमा धकल्ने काम भयाे

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देशलाई केपी ओली नेतृत्वको सरकारले अँध्यारो सुरुङमा धकेल्ने काम गरेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै भट्टराईले भने, 'यो संविधान उत्कृष्ट छ । तर पूरा छैन । मैले त संविधान जारी हुँदा नै भनेको हुँ । हामीले आधा गिलासलाई बचाएर बाँकी भर्न चाहेका थियौँ । तर भस्मासुरले आधा गिलास घोप्ट्याउने काम भयो र हामी त्यसको विरोधमा लाग्न पर्‍यो ।'

उनले विकास गर्दा कहिले काहीँ भ्यागुतो झैँ उफ्रेर अघि बढ्न सक्नुपर्ने पनि बताए । उनले अदालतको फैसला नपढेको भए पढ्न पनि आग्रह गरे । 'राम्रोसँग हेर्नु भएको छैन भने यति सुन्दर ढंगले बनाइएको,' उनले भने, 'अदालतले व्याख्या गर्ने अदालतले तपाई हामीले बिर्सेको कुरा सम्झाउने काम भएको छ । दुर्घटनाको बीचमा पुगेको थियो । अदालतले त्यो जोगाउने काम गरेको छ ।'