नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । पाटी कार्यालय आलोकनगरमा बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएको हो । यसअघि बिहिबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफुलाई स्पष्टीकरण सोधेको बिषय निराधार भएको बताएकी थिइन् ।
उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका बिषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए ।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक बिषयमा छलफल भएको खतिवडाले बताउनुभयो । बिहिबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राख्नुभएको थियो ।
पार्टीका केही नेताहरु अस्वस्थ्य रहेकाले बैठक केहीसम्म बसेर स्थगित गरिएको उनले जानकारी दिए ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्नेगरी स्थगित भएको उनले बताए ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

प्रतिक्रिया