मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

कूतर्क नगरौँ  : बाबुराम भट्टराई

काठमाडौँ  : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको संविधान, संसदीय व्यवस्थाका विकृत सच्याउन यो सरकार बनेको बताएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत माग्दै उनले भने, ‘धारा ७६ (५) थाहा नभएको विषय हो र ? १२ बुँदे समझदारी भयो । पूरक आन्दोलनको बीचमा अनेकन आन्दोलन भयो। जुन संविधान लेखिएको थियो । जुन संसदीय व्यवस्थाका विकृत सच्याउन यो प्रक्रियामा गएको हो । विकसित र परिमार्जित अवस्था हो । त्यसलाई नबुझेर चुनावमा जानु प्रतिगमन भनिन्छ ।’ 

उनले संविधान नबुझेर कूतर्क नगर्न पनि आग्रह गरे । ‘कूतर्क नगरौँ । अपूर्ण र अधुरो छ, तर अग्रगामी छ । आफ्नो दिल-दिमाग लगाएर बनाएको संविधान हो । पुस ५ देखि जेठ ८ सम्म जुन घटना भए त्यो शोभनीय थियो र ?’ उनले प्रश्न गरे ।