बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उनले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताएका हुन् । ‘वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो,’– उनले भने ।

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उनले जोड र्दिए । उनले भने, ‘हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।’ खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उनले नेपालमै रोजगारीका अवसर रहेको बताए ।