मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

‘अध्यादेशबाट शासन चलाउने, लोकतन्त्रको कुरा गरेर जे मन लाग्यो त्यो गर्ने  ?’

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यादेशबाट शासन चलाउने अनि लोकतन्त्रको कुरा गर्ने भन्दै एमालेलाई प्रश्न गरेका छन् । 

पुनःस्थापित संसद्को बैठकमा बोल्दै उनले भने, ‘अध्यादेशबाट शासन चलाउने अनि लोकतन्त्रको कुरा गर्ने, जे मन लाग्यो त्यो गर्ने  ? जे मन लाग्यो त्यो गर्ने  ?’

उनले संवैधानिक नियुक्ति गर्दा प्रतिपक्षी दलका नेतालाई नराखेको प्रति पनि आपत्ति जनाए । संविधानको सुन्दर परिकल्पनालाई सनकको भरमा नियुक्ति गर्ने भन्दै प्रश्न पनि गरे । 

'संवैधानिक संस्थाहरु मास्ने काम गरेर समावेशी आयोगमा समावेशी छ ?' भन्दै कूतर्क नगर्न पनि आग्रह गरे । ‘संवैधानिक संस्थाहरुमा मास्ने काम गर्ने । समावेशी आयोगमा समावेशीता छ । यस्ता कूतर्क नगरौँ । जतनलाई ढाट्ने काम नगरौँ,’ उनले भने, ‘जनताको प्रतिनिधि सभा जुन छ राज्यको जुन प्रमुख अंग भनेर मानिन्छ । त्यो अभ्यास गर्ने थलो भनेको प्रतिनिधि सभा हो । त्यो सबैभन्दा माथि हुनुपर्छ । संविधान बनाउने बेलामा ताछिदै गयो । प्रयोग गर्ने बेला झन ताछियो । अलि फरक छ । तर पनि यसलाई तल पार्ने काम नगरौँ ।’