प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको छन् । यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ ।
अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ । त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ ।
अध्यक्ष यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएछि आज दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका थिए। सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि यादवले धम्क्याएका थिए। जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइएको आरोप खेप्दै आएको प्रहरीमाथि अध्यक्ष यादवले अपशब्द प्रयोग गरेका थिए बिहीबार राति जिल्ला प्रहरी प्रमुख एसपी खड्का र जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवबीच वादविवाद हुँदा अश्लील शब्द प्रयोग गर्दै यादवले धम्की दिएका थिए।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

प्रतिक्रिया