कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
“पहिलो संस्करण बालश्रम, जातीय विभेद, घरेलु हिंसा, एसिड आक्रमणलगायतका विसङ्गतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई बहसमा ल्याउँदै, निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउनेमा केन्द्रित थियो”, आयोजकले भनेको छ, “दोस्रो संस्करण विकास निर्माणको मुद्दामा केन्द्रित रहनेछ ।” दोस्रो संकरण समुन्नतिको यात्रामा नेपाल पुगेको छ ? कहाँ छुटेको छ ? के कस्ता प्रगति भएका छन् ? भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
कार्यक्रमको प्रस्तुति पहिलो संस्करणमा जस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नेछन् । साहित्य तथा गीतसङ्गीतमा रुचि राख्ने शर्माले पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि आफ्नो परिचय बनाएका छन् । छापा माध्यममा सम्पादक रहेका शर्मासँग रेडियो र टेलिभिजनमा काम गरेको अनुभव पनि छ ।
कार्यक्रम कान्तिपुर टेलिभिजनमा शुक्रबार राति ९ बजे प्रसारण हुने छभने कार्यक्रम सकिएपछि ओएरआर रियालिटी युट्युबमा उपलब्ध हुनेछ । रासस

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया