योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ । सङ्घीय संसद्को समितिमा विद्यालय शिक्षा विधेयकका विषयमा छलफल भइरहेका बेला शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न नेविसङ्घले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरेर शिक्षक छनोट प्रक्रियालाई योग्यताको आधारमा सतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न माग गर्नुभएको हो । नेविसङ्घले शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धिलगायत विषयमा ध्यानाकर्षण गराएको हो । अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’ जस्ता राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए ।
नेविसङ्घले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारसँग माग गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र जारी गर्ने गरी सरकारले शिक्षक महासङ्घसहित सरोकार भएकासँग लिखित सहमति गरे पनि कार्यान्वयन भएको छैन । रासस

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया