बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

युवाहरूलाई साथमा लिएर अघि बढ्‌छौँ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् ।

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उनले स्मरण गरे । प्रचण्डले आगामी निर्वाचनको लडाईंमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगायतलाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।