बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दैै सभामुख घिमिरेले बेरुजुका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका हुन् ।
वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र बेरुजु न्यूनीकरणका उपायहरुमाथि छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नुपर्ने उनले बताए । सुशासन,सुख, समृद्धि र समानताको बिषय मुलुकको आर्थिक अवस्थाले तय गर्ने भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई बलियो बनाउनु कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।
सभामुख घिमिरले हेरक बर्ष देखिने बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने समेत बताए । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले सार्वजानिक लेखा समितिले सुशासनसंग जोडिएको बिषयमा छलफल गरेर बेरुजुसम्बन्धी समस्या हल गर्नका लागि निकास निकाल्नुपर्नेमा जोड दिए ।

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिक्रिया