करेन्ट लागेर जिमीको मृत्यु

भद्रपुर (झापा)- यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिमीलाई आइतबार साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो ।
स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_tL1ctXk7dv_8nqyh5ochdhfvcx4pbg85gkadxcshojm5daeanaewqh9cobydcxajqua14zc.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया