आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

काठमाडौँ- नेपाल ह्याचरी उद्योग संघले आजबाट कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण नगर्ने भएको छ ।
गत शुक्रबार बसेको संघको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त बाध्यकारी निर्णय गर्नु परेको संघको भनाइ रहेको छ। सो संघ महासचिव ज्ञानबहादुर विसुरालले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने बाध्यकारी निर्णयमा पुग्न बिवश भएको जनाएका छन् ।
उनका अनुसार असार २९ गतेसम्मका लागि याे निर्णय लागु गरिएको हो ।

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदा विश्व बैंकले ऋणको ब्याजदर ०.७५ प्रतिशत…

प्रतिक्रिया