सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

नयाँ दिल्ली- उत्तर प्रदेशको मैनपुरीमा एउटा परिवारको यस्तो घटना बाहिर आएको छ, जसलाई सुनेर मानिसहरू दुखी मात्र नभएर पत्याउन पनि मुस्किल परिरहेको छ । वास्तवमा १७ वर्षमा यस परिवारका १० जनाले आत्महत्या गरिसकेका छन्, पछिल्लो शुक्रबार थप एक जनाले आत्महत्या गरेपछि यो समग्र घटना बाहिर आएको हो ।

गत शुक्रबार एकै परिवारका १८ वर्षीय जितेन्द्रले रुखमा झुण्डिएर आत्महत्या गरे । कालो जामुन खान मन लागेको भन्दै बहिनीको स्कार्फ बोकेर घरबाट निस्केका थिए तर साँझसम्म पनि नआएपछि बुवाले खोज्न थाले । नजिकैको गाउँको सिमानामा रहेको जामुनको रुखमा बहिनीको दुपट्टाले झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । यसपछि परिवारमा कोलाहल मच्चियो र आमासहित सम्पूर्ण परिवारको आँसु थामिरहेको छैन ।

यो घटना बेर थाना क्षेत्रको सकट गाउँको हो। घरमा खाना खाएर बिहान १० बजे नातिनी जितेन्द्र खेततर्फ गएको उनका आफान्त हिरालालले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्  । जामुन खान गएको र केही समयपछि फर्किने उनले बताए पनि नफर्किए पछि खोजीनीति सुरू भएको थियो ।

दिउँसो करिब २ बजे नजिकैको दहेद गाउँबाहिर सतेन्द्रको खेतमा रहेको जामुनको रुखमा छोराको शव झुण्डिएको अवस्थामा रहेको जानकारी प्राप्त भए पछि उनीहरू त्यहाँ पुगेका थिए, जब पुगे, त्यतिबेलासम्म उनले प्राण त्यागिसकेका थिए । यो देखे पछि घरमा कोलाहल मच्चियो । जितेन्द्रले घरबाट ल्याएको दुपट्टाको सहारामा उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

जानकारी अनुसार पछिल्लो पाँच महिनामा सो परिवारमा आत्महत्याको यो चौथो घटना हो । २१ दिनअघि युवकका काकाले विष सेवन गरेर आत्महत्या गरेका थिए । जितेन्द्रको मृत्यु हुनुभन्दा २१ दिनअघि उनका काका बलवंतले झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसो त जितेन्द्रकी बहिनी सौम्याले ४ महिनाअघि घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । जितेन्द्रका काका बाबा शेर सिंहले पनि साढे चार महिना अघि नै झुण्डिएर आत्महत्या गरेका थिए ।

५ वर्षअघि सन् २०२० मा उनका काका मनिषले झुण्डिएर आत्महत्या गरेका थिए । ८ वर्षअघि २०१७ मा जितेन्द्रका दोस्रो काका पिन्टुले आगो लगाएर आत्महत्या गरेका थिए । १० वर्षअघि २०१५ मा जितेन्द्रका काका सञ्जुले विष सेवन गरेर आत्महत्या गरेका थिए । र, शुक्रबार भने जितेन्द्रले पनि झुण्डिएर आत्महत्या गरे ।

यसअघि परिवारका सुरजपाल, महिपाल र राम सिंहले पनि आत्महत्या गरेका थिए । यी मृत्युहरू सन् २००८ देखि २०१५ को बीचमा भएका हुन्। गाउँका मानिसहरूले यस परिवारमा के भइरहेको छ भन्ने थाहा नभएको बताउँछन्। विगत १० वर्षमा ७ जनाले ज्यान बलिदान दिएका छन् भने सन् २००८ देखि २०२५ सम्म अर्थात् १७ वर्षमा १० जनाले आत्महत्या गरेका छन् ।

एउटै परिवारका यति धेरै मानिसले आत्महत्या गरेपछि गाउँका जनता पनि त्रसित छन् । यसवारेमा सो परिवारको मानशिक स्वास्थ्यसहित अन्य कोणवाट छानबिन भइरहेको स्थानिय प्रहरीले जनाएको छ ।