लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ- ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएकोे छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो ।
केन्द्रका प्रमुख डा रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशुबस्तुमा देखिएको छ ।
सुरुमा फुङलिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको जनाएको छ ।
सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।
सङ्क्रमण फैलिन नदिनको लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_tL1ctXk7dv_8nqyh5ochdhfvcx4pbg85gkadxcshojm5daeanaewqh9cobydcxajqua14zc.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया