अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठनमा सहमति भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पहलमा बसेको कार्य ब्यवस्था समितिको बैठकमा ७ सदस्सीय छानबिन समिति बनाउने सहमति भएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' गठन गरिएकाे हाे । साे समितिले २१ दिनकाे समय सिमा पाएकाे छ ।
सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।
जसअनुसार नेपाली कांग्रेसवाट जीवन परियार र सुशिला थिंग, एमालेवाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपावाट रोशन कार्की तथा माओवादीबाट माधव सापकाेटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् । संघीय निजामती सेवा बिधेयकमा सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिबेदन पेश गरेको भन्दै राज्य ब्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथी छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिक्रिया