सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले सोमबार शितल निवासमा आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले सवैले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए । उनले सामाजिक न्यायको लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा शान्ति समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सामाजिक न्यायका अभियन्ता एवं पूर्व राजदूत पदम सुन्दासलाई पुरस्कृत गरिएको थियो ।

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

प्रतिक्रिया