त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्रा डा दीपक अर्याल रहनुुभएको छ ।
उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुुलपतिको जिम्मेवारी दिनुुभएको थियो । कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गर्नुभएको थियो ।
---

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_5LPOUWuchm_xtpmdkv44ux5wirmdm44ffedjrh3wvpbxwclsn5hstder1fw3p4hrqyp3rhb.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

प्रतिक्रिया