केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

नेपालको इलेक्ट्रिक सवारी साधनको बजारमा थप प्रतिस्पर्धा चर्किएको छ। केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले केयी इ–क्यूट ०२ गाडीलाई अब विशेष मूल्य रु. २०.९६ लाखमा उपलब्ध गराउने घोषणा गरेका छन्। कम्पनीका अनुसार यो बजारमा उपलब्ध सबैभन्दा सस्तो र आधुनिक सुविधा भएको दुई ढोके इलेक्ट्रिक गाडी हो।
इ–क्यूट ०२ ले स्टाइल र कार्यक्षमताको राम्रो संयोजन दिएको छ। कन्सिल्ड डोर ह्यान्डल, १५ इन्च टायर, इन्टरमिटेन्ट वाइपर र १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्टले यसको आन्तरिक अनुभवलाई प्रिमियम बनाएको छ।
४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्रीसहित यो गाडीले एकपटकको पूर्ण चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। ड्राइभरलाई अनुकूलता दिन यसमा इको+, इको, नर्मल र स्पोर्ट्स गरी चार ड्राइभिङ मोडहरू उपलब्ध छन्।
कारमा फिजेट स्पिनर–शैलीको स्मार्ट की, पुश स्टार्ट, सेन्सर आधारित किलेस इन्ट्री, स्वचालित हेडलाइट, स्टेयरिङ गियर सिफ्टर, चालक सिट आर्मरेस्टजस्ता सुविधा छन्।
सुरक्षाका दृष्टिले पनि गाडी उच्च स्तरीय छ। ६५ प्रतिशत उच्च–शक्तिको स्टिल बडी, डुअल एयरब्याग, हिल असिस्ट, ISOFIX चाइल्ड सिट एन्कर, ३६० डिग्री क्यामेरा, साइड ब्लाइन्ड स्पट क्यामेरा, र एभीएएस प्रणाली जस्ता अत्याधुनिक फिचरले सुसज्जित छ।
कम्पनीले यो मूल्य प्रस्तावमार्फत नेपाली बजारमा इलेक्ट्रिक गाडीको पहुँच बढाउने र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ। गाडी काठमाडौं लगायत बिर्तामोड, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, धनगढी, हेटौंडा, विराटनगर लगायतका प्रमुख शहरका केयी शोरूमहरूमा उपलब्ध छ।

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

प्रतिक्रिया