निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
उनका अनुसार नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो ।“अतिक्रमित क्षेत्रमा नयाँ सुरक्षा पोष्ट स्थापना गरेर निकुञ्ज कार्यालय र सेनाको टोली त्यहाँ बस्न सुरु गरेको छ”, उनले भने, “उक्त पोष्टबाट हाल सुरक्षा गस्ती भइरहेको छ ।”
उgले उक्त क्षेत्रमा डुबान हुने भएकाले बर्सातको समयमा समस्या हुनसक्ने बताउनुभयो । सीमास्तम्भ २७ र २८ को बिचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको हो ।
उक्त क्षेत्रमा करिब नौ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जको अनुमान छ । बर्खामा निकुञ्जमा डुबानसँगै बाटो र पुलको समस्याले सबै ठाउँमा गस्ती गर्न कठिन हुने उनले बताए ।
हाल निकुञ्जको सुरक्षामा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका पन्ध्र वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट निकुञ्ज क्षेत्रमा सुरक्षामा सेना खटिएको छ ।

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ

प्रतिक्रिया