ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_Xm4LV8EQQC_hd8usgdglng5s21gbe3opass44i9rzmwbtijf8cex7shoie8w3itiwjnfyxc_1KkI2sGw9f_h9rfojmrnbqfyiyh9wghthurkbsjcomadm2gnvm15h06smuyisv7gwk2cqg5.jpg)
रसुवा- नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् । यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौँज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ । –––

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया