रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरु नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै गएका केहि व्यक्तिहरु नफर्किएको बताएका थिए । त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसदलाई जानकारी गराउन समेत चूनौति दिए ।
बैठकमा सरकारप्रति उठेका बिषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसंग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताए ।
त्यस्तै उनले सरकारको दवावमा संसदको कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्…

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

प्रतिक्रिया