'भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द'

नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ ।
आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरि २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिए । बाढीकै कारण सबै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उहाले जानकारी दिए । त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताउनुभयो । अन्य आयोजनाबाट बाढी घट्नेबितिकै उत्पादन सुरु हुने भएपनि रसुवागढी र त्रिशूली थ्री ए बाट विधुत उत्पादन गर्न केहि समय लाग्ने देखिएको उनले जानकारी दिए ।
त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केहि लिन लागिएको बताउनुभयो । उहाले रकम अभावकै कारण हेटौडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे ।
उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए । त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विधुत आपूर्तिको व्यवस्था मिलाउन निजगढ–पोखरीया, बालाजुदेखि महराजगंज हुँदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे ।

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

गोरखा बजारमा खानेपानीको अभाव : राज्यको ४४ करोड बालुवामा पानी

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि …

आज विश्व जनसङ्ख्या दिवस, विश्वको जनसङ्ख्या सन् २०३० मा आठ अर्ब ५० करोड पुग्ने

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

प्रतिक्रिया