आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

१ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ भारतीय पक्राउ

काठमाडौँ - ललितपुरको सानेपाबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनमा भारतीय नागरिक पक्राउ परेका छन् । १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता  र बिपिन कुमार लाई पक्राउ रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए ।

उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीकाे समेत कारोबार गरेको पाइएको ब्यूरोका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।