स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ– कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो । जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताए।
सम्मानित हुनेहरूमा फलफूलखेती (सुन्तला)तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहेका छन् ।
कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिएको उनले बताए।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया