गाजामा विष्फोट : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते

जेरुसलेम- गाजाको उत्तरतर्फको बेइत हानुन क्षेत्रमा भएको विष्फोटका कारण पाँच जना इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
इजरायली सेनाले मंगलबार जारी गरेको वक्तव्यमा जनाएअनुसार कफिर ब्रिगेडको अन्तर्गत पर्ने नेत्साह यहुदा बटालियनका सैनिकहरू बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न रहेका थिए । सोही क्रममा विष्फोटक उपकरण विस्फोट भई घटनामा मानवीय क्षति भएको हो ।
घाइतेहरूलाई उद्धार गर्ने क्रममा सेनाका सदस्यहरूलाई गोलाबारीमा समेत पर्नु परेको जनाइएको छ । त्यसपछि घाइतेहरूलाई शीघ्र अस्पताल पुर्याई उपचार गराइएको बताइएको छ ।
यसैबीच, गाजा स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सन् २०२५ मार्च १८ यता पुनः सुरु भएको सैन्य अभियानमा छ हजार ९६४ भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाइसकेको उल्लेख छ । अक्टोबर सन् २०२३ यता कूल मृतक संख्या ५७ हजार ५२३ पुगेको बताइएको छ ।
यस घटनाले गाजाको सुरक्षा स्थिति अझै जटिल र संवेदनशील बन्दै गएको संकेत दिएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया