नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस र एमाले प्रतिपक्ष हुन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी र प्रतिपक्ष नेकपा एमाले र नेपाली कांग्रेस भएको बताएका हुन् ।
उनले कांग्रेस र एमाले संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको उल्लेख गरेका छन् ।
'हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ' प्रचण्डले भनेका छन् 'तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।'
'जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन्, यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन्' उनले लेखेका छन् ।

आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_o8ZclhEiIB_fkxdtltr0wwf5j0aroopqzggsqidaletb4pydhifvvluxgsm8peqtxrtovmd_GwhPsRmtnW_umv1v83llj3fqfmomroj2criwt3sjbiunbtyw4gbvsevzdpfdicxwjzlwx6x.jpg)
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

आजको मौसमः देशभरमा नै मनसुन सक्रिय रहने

नेप्से परिसूचक ४१ अङ्कले घट्यो

प्रतिक्रिया