अराजनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भयो : पोखरेल

काठमाडौँ- नेकपा एमालेका नेता तथा सांसद ईश्वर पोखरेलले अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
'केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ' पोखरेलले लेखेका छन् 'कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषकबारे भ्रममा नपरौं ! सबैले राम्ररी चिनौं !'
केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएकोछ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं ! सबैले राम्ररी चिनौं!
— Ishwar Pokhrel (@IshwarPokhrel) July 18, 2021
त्यस्तै नेकपा एमालेका नेता तथा सांसद घनश्याम भुसालले यथास्थितिमा कोहि पनि सुरक्षित नरहेको बताएका छन् । 'संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ' भुसालले लेखेका छन् 'हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।'
एमालेमा माधवकुमार नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली समूहका गरी २२ सांसदले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । तर नेपाल निकट भएर पनि भुसालले भने विश्वासको दिएनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया