मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर- भक्तपुरको मल्लकालीन बस्तीका रूपमा रहेको चित्रपुरका स्ववासीलाई सयौँ वर्षदेखि उपभोग गर्दै आइएको जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको छ । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका-४ दधीकोट चित्रपुरका लालपूर्जाबिहीन स्ववासीलाई जग्गाको स्रेस्ता अर्थात् धनी पुर्जा वितरण गरेको हो ।
जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधीकोट गाविस-८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना स्ववासीलाई आज यहाँ आयोजित एक कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुर्जा वितरण गर्नुभएको हो । नापी कार्यालयका प्रमुख डा प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गेलगायतले स्ववासीलाई पुर्जा वितरण गरेको नगर कार्यालयले जनाएको छ ।
नगरप्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको बताउँदै पुर्जा पाएसँगै स्थानीयको मुहारमा मुस्कान देख्न पाइएको उल्लेख गरे ।
आफैँले उपभोग गर्दै आएको, पक्की घरसमेत निर्माण भइसकेको जग्गा आफ्नो नाममा नहुँदा सरकारले जफत गर्ने त्रास र बैंकमा धितो राखेर ऋण लिन पनि नमिल्ने अवस्था अन्त्य भएको नगर प्रवक्ता सापकोटाले बताए । नगरपालिकाको निरन्तर पहलपछि स्ववासीलाई स्रेस्ता पुर्जा वितरण गर्न सफल भइएको उनको भनाइ छ ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया