म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो गएको थियो । अचानक आएको पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो ।
समाचार अनुसार उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् । उनका अनुसार घर नजिकैको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको थियो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
साथै, पहिरो थुनिएको म्याग्दी खोलावाट अहिले पानी निकास हुन थालेको छ ।

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

गोरखा बजारमा खानेपानीको अभाव : राज्यको ४४ करोड बालुवामा पानी

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि …

आज विश्व जनसङ्ख्या दिवस, विश्वको जनसङ्ख्या सन् २०३० मा आठ अर्ब ५० करोड पुग्ने

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

प्रतिक्रिया