मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

१२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो : बाबुराम

फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडिएको बताएका छन् । आइतबार प्रधानमन्त्रीमा शेरबहादुरले देउवाले विश्‍वासको मत पाएपछि भट्टराईले शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडिएको भन्‍दै ट्‍वीट गरेका हुन् ।

'१२-बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो' भट्टराईले ट्‍वीट गरेका छन् 'पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो । तर नबिर्सौं: Eternal vigilance is the price of liberty!'

त्यस्तै भट्टराईले भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरेको बताएका छन् । 'अन्तत: भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो' भट्टराईले भनेका छन् 'नेकपाको २/३बहुमत कांग्रेस गठबन्धनमा सर्‍यो ।'