बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

काठमाडौँ- नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपालका बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँचमा सुधार ल्याउने कार्यक्रमा सहयोग गर्ने उद्देश्यले किओचलाई सहयोग गरेको पठाओ नेपालको निर्देशक सुरक्षा हमालले बताइन् ।
पठाओ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । हमालका अनुसार यसका लागि कम्पनीले राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमार्फत यात्रा जम्मा भएको रकम काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच किओचलाई हस्तान्तरण गरिएको हो ।
डा भगवान कोइरालाको नेतृृत्वमा निर्माण भइरहेको उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने उद्देश्यले पठाओ नेपालले गत जेठ २७ गतेदेखि यही असार २ गतेसम्म राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
पठाओले प्रविधि, सञ्जालको प्रयोग गरी किओचको उक्त सामाजिक अभियानमा सहयोग गरेको जनाएको छ । यस सहयोगले बालस्वास्थ्य, जनचेतना र दीर्घकालीन सहकार्य हुनेमा कम्पनीको विश्वास छ ।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पठाओले विगतदेखि नै सकारात्मक परिवर्तन र समुदायको समग्र हितको पक्षमा उभिँदै आएको छ । डा कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_35wj7teH5r_ecftwgsom3zpk5c8qnmritbicfuxxtniebqp2u19dptx8irxtthxv9au2vpk.jpg)
प्रतिक्रिया