बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।