शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

कान्तिलोकपथको पहिरो पन्छाइयो

सांकेतिक तस्विर

बागमती- पहिरो खसेर अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्ध थियो । डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए ।