शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

काठमाडौं- परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएकाहरु सबै फर्किएको स्पष्ट पारेको छ । यता परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरेर त्यसबारे खण्डन गरेको हो । प्रधानमन्त्री ओली जुन ३० गते स्पेन प्रस्थान गरी जुलाइ ४ मा नेपाल फर्किइसकेका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिहरु उतै बसेको आशंका व्यक्त गरेकी थिइन् । त्यसको विषयमा प्रधानमन्त्रीको सचिवालयले समेत प्रष्ट पारिसकेको छ ।