सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

कटारी (उदयपुर)- जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
---

गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली

यस्तो हुनेछ आज दिनभरको मौसम

म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस र एमाले प्रतिपक्ष हुन् : प्…

यस्तो हुनेछ आज दिनभरको मौसम

गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीका

नागरिकको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न आग्रह

प्रतिक्रिया