आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

काठमाडौँ- आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् । नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् । वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताउनुभयो । “सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,” उनले भने ।
चिकित्सकका कारण सोमबार र मङ्गलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् । उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

क्लासिक फिटनेस एकेडेमीले नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी गर्दै

चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ संक्रमित

बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

प्रतिक्रिया