मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

बालुवाटारमा पार्टीको बैठक नराख्‍न गगनले अनुरोध गरेपछि देउवाले दिए यस्तो जवाफ

काठमाडौँ- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नराख्‍न अनुरोध गरेका छन् । सोमबार ट्‍वीट गर्दै थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्‍न अनुरोध गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको अब आइन्‍दा बालुवाटारमा पार्टीको बैठक नराख्‍ने देउवाले विश्‍वास दिलाएको थापाले दाबी गरेका छन् ।

'प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्‍न अनुरोध गरेका छौँ' थापाले ट्‍वीट गरेका छन् 'उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्‍न भन्‍ने विश्वास दिलाउनु भएको छ । प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।'