सञ्जीब सिंहको ‘तारेमाम’ रिलिज

काठमाडौं: गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द छ ।
गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए । स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियोमा रुपेश थापाको छायांकन र विकास धमलाको सम्पादन छ । यो गीतमा गायक सिंहले काठमाडौको एक रैथाने युवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाडौको रहनसहन, भेषभुषा र संस्कृतिलाई प्रस्तुत गरेका छन् ।

नेपाल र बेलायतमा नाटक 'भीमसेन थापा' मञ्चन हुने

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

क्रिकेटर सौरभको बायोपिकमा फिल्म बन्ने, स्त्रीः २ का राजकुमार राव देखिने

अल्लु अर्जुन पहिलो पटक अबको नयाँ फिल्ममा दोहोरो भूमिकामा देखिने

सिकिन्दरका तमिल निर्देशक : जसले दिलाएका थिए बलिउडलाई पहिलो १०० करोड

अन्ततः बन्ने भयो स्पाइडर म्यान-४, छिट्टै सुटिङमा जाने

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै विप…

प्रतिक्रिया