मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्‍न लागेको हो । 

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाही गर्नेबारेमा छलफल हुने बताए ।

आइतबार एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिएका थिए ।