कांग्रेसले कारबाहीको डण्डा चलाएपछि शेखर समूहको निष्कर्ष : सशक्त प्रतिरोध गरेर न्याय दिलाउँछौं
_x2wAyBYCtt_md95tvkbx99dgdn6bupg7njtqa05ymyzc93pgqwufrr8owc3f3zfjutn7pkx_MmUW9UYZCY_wicw97c4zyomhp1wqjfynwtradksioohoj2poksd3wop7kidoh976nz8gnxy.jpg)
काठमाडौँ- अनुशासनको नाममा आफु निकट नेताहरूमाथि कारबाही गरेपछि नेपाली कांग्रेसको संस्थापन इत्तर समुह आक्रोशित बनेको छ ।
अनुशासन आयोगको नामबाट हिजो झन्डै दुई दर्जन नेतामाथि कारबाही गरेपछि डा. शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको आकस्मिक बैठक बोलाएर छलफल गरेका छन् ।
कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने बैठकले निष्कर्ष निकालेको छ । 'उहाँहरूलाई न्याय दिलाएरै छाड्छौँ । कारबाही विधान विपरित र एकातर्फी भएको छ' बैठकमा सहभागी कांग्रेस उपसभापति धनराज गुरुङले भने 'राजनीति रुपमा यसलाई सशक्त प्रतिरोध गर्छौँ ।'
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।
कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल, पूर्वमन्त्री कुमार खड्कासहितका २३ जनालाई अनुशासनको कारबाही गरेको जनाएको थियो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको थियो ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया