शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

माओवादी पदाधिकारी बैठक ४ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । 

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको छ ।