शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभद्र टिपप्णी

काठमाडौँ- गायिक झुमा लिम्बूले राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षकविरुद्ध अभद्र शब्दमा टिप्पणी गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा झुमाले प्रशिक्षक प्याट्रिक डे वाइल्डको क्षमता र रुप रङमाथि नै अभद्र टिप्पणी गरेकी हुन्।

वाइल्ड प्रो ए लाइसेन्स प्राप्त महिला टोलीका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्। गायिक लिम्बूले उनलाई जनावरसँग तुलना गर्दै कसले प्रशिक्षक बनाएको हो भन्दै प्रश्न गरेकी छन्।  उनले लेखेकी छन्, ‘त्यस्तो  नाथे खुइले बाँदर कसले कोच बनाएर ल्या'को? कि यस्तो मिलेको टिम फुटाउन कुनै हाम्रै बाँदरले खुइले बाँदरको काँधबाट बन्दुक पड्काउँदै छ। केटाकेटिको चित्त नदुखाओ न औतारी हो। देशकै पो चित्त दुख्यो त!’

झुमा लिम्बू ‘उनको सुइटर’ चलचित्रको 'फकाउँछ काफ्ले' गीतसँगै थप चर्चामा छिन्। तर तीनै गायिक लिम्बूले राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षकमाथि भने अभद्र टिप्पणी गरेकी हुन्।