सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भए लगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् ।  आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  आगलागीको कारण भने खुल्न सकेको छैन  । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ ।